Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तत्काल सन्यास नलिने मेसीको संकेत, भन्छन् - विश्वच्याम्पियनको जर्सीमा खेल्न चाहन्छु

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले सन्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

आइतबार जितपछि पत्रकार प्रतिक्रिया दिँदै मेसीले अझै केही खेलमा आफू विश्वविजेताका रुपमा खेल्न चाहेको बताएका हुन् ।

सन्यासबारे सोधेको प्रश्नमा मेसीले भने, ‘होइन, म राष्ट्रिय टोलिबाट सन्यास लिने छैन। अर्जेन्टिनाको जर्सीमा विश्वच्याम्पियनको रुपमा खेलिरहन चाहन्छु।’

यसअघि यो विश्वकप आफ्नो अन्तिम हुने बताएका मेस्सीले विश्वकपसँगै सन्यास लिन सक्ने अनुमान गरिएको थियो । ती अनुमानविपरीत मेस्सीले अझै खेल्ने बताएका हुन् । तर उनले आगामी विश्वकप भने नखेल्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077