Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दीपिका बनिन् फिफा विश्वकपको ट्रफी अनावरण गर्ने पहिलो भारतीय अभिनेत्री

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतारमा सम्पन्न फिफा विश्वकप फुटबल २०२२ को समापन समारोहमा ट्रफी अनावरण गरेकी छन् ।

दीपिकाले आइतबार राति फिफा विश्वकप ट्रफीको अनावरण गरेकी हुन् । दीपिका यस्तो गर्ने पहिलो भारतीय बनेकी छिन् ।

उनको उक्त समयको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दीपिका त्यहाँ आफ्ना पति रणवीर सिंहसँग पुगेकी थिइन् ।

दीपिकाले स्पेनिस फुटबलर केर कासिलासको साथमा कार्यक्रममा प्रवेश गरेर ट्रफी अनावरण गरेकी हुन् । उक्त ट्रफी ६ दशमलव १७५ किलोग्रामको १८ क्यारेट सुन र मलाकाइटबाट बनेको छ ।

केहीले मात्र ट्रफीलाई छुन र समात्न सक्छन्, जसमा पूर्व फिफा विश्व कप विजेताहरू र राष्ट्र प्रमुखहरू छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077