Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अफगानिस्तानमा इन्धन ट्यांकर विस्फोट हुँदा १९ जनाको मृत्यु, ३२ घाइते

काबुल । अफगानिस्तानमा एउटा इन्धन बोक्ने ट्यांकर सुरुङ मार्ग भित्र विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । घटनामा ३२ जना घाइते भएका छन् ।

राजधानी काबुललाई देशको उत्तरी प्रान्तसँग जोडने सलाङ्ग सुरुङभित्र पल्टिएर उक्त ट्यांकरमा आगो लागेको र विस्फोट भएको जनाइएको छ ।

घाइतेहरुको अवस्था भने गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सुरुङ ३४ सय मिटरको उचाइमा रहेको छ ।

ट्यांकरमा लागेको आगो सो सुरुङमार्गमा कुदिरहेका अन्य मोटरमासमेत सल्किएको र अर्को दिन बिहानमात्रै उक्त आगो निभाउन सकिएको अधिकारीहरुले बताएका छन्।

सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्वीरहरुमा उक्त आगलागीका कारण थुप्रै मोटरहरु आगोले डढेर ध्वस्त भएको देखिएको छ । करिब ११ हजार १५४ फिटको उचाईमा अवस्थित सलाङ्ग सुरुङ दुई किलोमिटर ६ सय मिटर लामो छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077