Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अफगानिस्तानमा इन्धन ट्यांकर विस्फोट हुँदा १९ जनाको मृत्यु, ३२ घाइते

    अफगानिस्तानमा इन्धन ट्यांकर विस्फोट हुँदा १९ जनाको मृत्यु, ३२ घाइते

    अनलाइन नेपाल
  • सोमबार, ४ पुष २०७९
  • 1.1K
    SHARES

    काबुल । अफगानिस्तानमा एउटा इन्धन बोक्ने ट्यांकर सुरुङ मार्ग भित्र विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । घटनामा ३२ जना घाइते भएका छन् ।

    राजधानी काबुललाई देशको उत्तरी प्रान्तसँग जोडने सलाङ्ग सुरुङभित्र पल्टिएर उक्त ट्यांकरमा आगो लागेको र विस्फोट भएको जनाइएको छ ।



    घाइतेहरुको अवस्था भने गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सुरुङ ३४ सय मिटरको उचाइमा रहेको छ ।



    ट्यांकरमा लागेको आगो सो सुरुङमार्गमा कुदिरहेका अन्य मोटरमासमेत सल्किएको र अर्को दिन बिहानमात्रै उक्त आगो निभाउन सकिएको अधिकारीहरुले बताएका छन्।

    सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्वीरहरुमा उक्त आगलागीका कारण थुप्रै मोटरहरु आगोले डढेर ध्वस्त भएको देखिएको छ । करिब ११ हजार १५४ फिटको उचाईमा अवस्थित सलाङ्ग सुरुङ दुई किलोमिटर ६ सय मिटर लामो छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार