Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बारा विष्फोट : मृतकको संख्या दुई पुग्यो

    बारा विष्फोट : मृतकको संख्या दुई पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 1.4K
    SHARES

    बारा । बाराको निजगढस्थित वर्कसपमा भएको विस्फोटबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

    वीरगन्जमा उपचाररत घाइते मध्येका भारत घर भएका राकेश जैसवालको मृत्यु भएको हो ।



    निजगढ नगरपालिका–७ सहिद चोकमा रहेको रोहित वर्कसपमा सोमबार दिउँसो विस्फोटक पदार्थ पड्किदा वर्कसप सञ्चालक रेशम मगरको मृत्यु भएको थियो ।



    वर्कसपमा ग्राहकले ल्याएको शंकास्पद वस्तु खोल्ने क्रममा उक्त वस्तु विस्फोट हुँदा रेशम र जैसवालसहित पाँच जना घाइते भएका थिए ।

    घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको बारा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार