Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतमा ग्यास सिलिन्डर विस्फोट : पाँच जनाको मृत्यु, ५० घाइते

    भारतमा ग्यास सिलिन्डर विस्फोट : पाँच जनाको मृत्यु, ५० घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 732
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको छ ।

    राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो ।



    सो विस्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको बताइएको छ । मृतकमा दुई बालबालिका समेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयले जनाएको छ ।



    घाइतेहरू सबै जलेका र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरूलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार