Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दुईजना विप्लव कार्यकर्ता पक्राउ, दुई फरार

    नेपालगन्जमा बम विस्फोट : दुईजना घाइते, घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन

    नेपालगन्जमा बम विस्फोट : दुईजना घाइते, घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 996
    SHARES

    फाइल तस्विर

    बाँके । बाँकेमा प्रेसर कुकर बम विस्फोट भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटी निवासी श्रीकला मल्लको घरमा बम विष्फोट भएको हो ।

    उक्त विस्फोटमा परेर दुईजना घाइते भएका हुन् । घाइते हुनेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली डिसी र धर्मराज बडुवाल रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बम पड्काउनेमा संलग्न दुवै जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।



    अर्को प्रेसर कुकर बम भने डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार