Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फिफा विश्वकपमा फाइनल हारेपछि फ्रान्सका फ्यानहरु आक्रोशित

काठमाडौं । विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका फ्यानहरु आक्रामक भएका छन् ।

फाइनलमा हारपछि फ्रान्सको राजधानी पेरिसमा हजारौं समर्थकले दंगा सुरु गरेका थिए । उनीहरुले सवारीसाधन तोडफोड र आगजनी गरेका थिए । पेरिस बाहेक यो हिंसा अन्य धेरै शहरहरूमा फैलिएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छोड्नुपरेको थियो । पेरिसमा हजारौं प्रहरी तैनाथ गरिएको छ। लियोन, निसमा पनि हिंसात्मक घटनाहरू भएको प्रहरीले जनाएको छ । पेरिसको चर्चित च्याम्प्स एलिसिजमा पनि फ्यानहरू आपसमा भिडेका थिए ।

फ्रान्सको जित हेर्न फ्रान्सेली सहरहरूमा लाखौं प्रशंसकहरू सार्वजनिक स्थानहरूमा भेला भएका थिए ।

तर, अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि उनी हिंसक भएका थिए । आक्रोशित फ्यानहरुले प्रहरीसँग झडप समेत गरेका थिए । प्रहरीले सयौंलाई हिरासतमा राखिएको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077