Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेशी दूतावासले बोलाएको कार्यक्रममा अनुमति नलिई नजान राप्रपाका सांसदहरूलाई निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी दूतावासमा हुने कार्यक्रममा पार्टीको अनुमतिबिना नजान निर्देशन दिएका छन्।

सोमबार राप्रपाको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै त्यस्तो नगर्न आग्रह गरे।

उनले भने,‘अब तपाईंहरुलाई कहिलेकाहीँ अन्तर्वार्तामा बोलाउँछन्। कहिले कुनै विदेशी दूतावासहरुले कार्डहरु पठाइराख्छ। ए मलाई फलाना दूतावासले बोलाएको छ भनेर खुरुर्र कुदेर गएर त्यहाँ रक्सी खानेले रक्सी खाने मासु खान पाउनेले मासु खान कुदिहाल्नु हुन्न। पार्टीलाई सोधेर जानुपर्छ।'

उनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरूलाई सांसद बनाइएको बताएका छन् । पार्टीमा नयाँ मानिसहरूलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077