Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

शेखर कोइराला र गगन थापा ‘निर्णायक’ छलफलमा

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इतर समूहका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला निर्णायक छलफलमा जुटेको छ । उनीहरूबीच पार्टी संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको हो ।

कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाबिरुद्ध संसदीय दलको नेताको उम्मेदवारी दिने तयारी गरिरहेका बेला नेता कोइरालाले पनि संसदीय दलको नेतामा इच्छा देखाएपछि साझा उम्मेदवार छान्ने गरी निर्णायक वार्ता भइरहेको बताइएको छ ।

छलफलमा गगन थापा र शेखर कोइराला दुवै सहभागी छन् । उपसभापति धनराज गुरुङको पहलमा राजधानीको होटलमा सोमबार साँझ छलफल भइरहेको बताइएको छ ।

यसअघि सोमबार बिहान पनि थापा र कोइरालाबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077