Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा करेन्ट लागेर युवकको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत २२ वर्षीय महेश भारतीको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर भारती गम्भीर घाइते भएका थिए ।

उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077