Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदैछ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फको नतिजापछि कांग्रेसले विधानअनुसार दल नेता चयन प्रक्रिया थालेको हो ।

कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उमेदवारी दर्ता गर्नु पर्नेछ ।

उमेदवारी दर्ता आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । उमेदवार बन्न ५१ हजार शूल्क तिर्नुपर्ने भएको छ ।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उमेदवारी दिने तयारी गरेका छन् । यद्यपि, कोइराला र थापाबीच सहमतिको प्रयास भइरहेको छ ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077