Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको उच्च चपेटामा

काठमाडौं । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ।

हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताए । उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने भएकाले अनुकूलनका लागि दैनिक अनुगमन गर्नुको विकल्प नभएको लामिछानेले बताए।

विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको उच्च चपेटामा परेका छन्। हिउँदे सिजनको वर्षा नभएकाले पनि नेपालमा वायु प्रदूषण उच्च बनेको हो।

लामिछानेले भने, “पाकिस्तानदेखि बङ्गलादेशको ढाकासम्म फैलिएको गङ्गातटीय क्षेत्रमा वायु प्रदूषण उच्च छ, त्यसको असर नेपालको तराई भेगमा बढी छ भने काठमाडौँसम्म पनि प्रदूषित वायु आइपुगेको छ ।”

भारतका विभिन्न क्षेत्रमा नयाँ खेतीबाली सुरु गर्न लगाइएको आगो र मौसम परिवर्तनसँगै बढेको सुक्खा हावाले नेपालको वायु प्रदूषणलाई थप मलजल गरेको छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077