Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकपको उपाधि जितेपछि खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा

काठमाडौं । अर्जेन्टिनाको सरकारले मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

अर्जेन्टिनाको राष्ट्रिय टोलीले विश्वकपको उपाधि जितेसँगै त्यसको खुसीयालीमा सार्वजनिक बिदा घोषणा गरिएको हो ।

अर्जेन्टिनाको फुटबल संघका अनुसार अर्जेन्टिनाका मानिसहरुले मंगलबार ब्युनस आयर्सस्थित ओबेलिस्कमा विश्वकप जितेको खुसीयाली मनाउने कार्यक्रम छ।

अर्जेन्टिनाले आइतबार भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो।

३६ वर्षपछि उपाधि जितेको टोली मंगलबार बिहान अर्जेन्टिना पुग्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077