Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसीलाई ‘बीबीसी स्पोर्ट स्टार अफ द इयर’ को अवार्ड

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई बीबीसीले यो वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको छ ।

बीबीसीले हरेक वर्ष प्रदान गर्दै आएको बीबीसी स्पोर्ट्स पर्सनालिटी अन्तर्गत यो वर्षको ‘वर्ल्ड स्पोर्ट स्टार’ अवार्डबाट मेसीलाई सम्मानित गर्ने भएको हो ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जिताएका थिए ।

फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट–जर्मेनका फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलको अवार्ड समेत जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077