Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेका नवनिर्वाचित सांसदको भेला आज, अध्यक्ष ओलीले निर्देशन दिने

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भेला आह्वान गरिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिकाका बारे जानकारी गराउनका लागि आज भेला आयोजना गरिएको हो । “एमाले जनताको रोजाइको पहिलो पार्टी” नाम दिएर भेला बोलाइएको छ ।

मंगलबार दिउँसो १२ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमालेले जनाएको छ ।

पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भूमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ । भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कुल ७८ सिट प्राप्त गरेको छ । प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077