Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अत्तरियापछि धनगढीमा पनि चल्यो गोली, एक जना घाइते

धनगढी । कैलालीको धनगढीमा एक जनामाथि गोली प्रहार भएको छ ।

धनगढी उपमहानगरपालिका-९ शिवरामनगर टोलमा आज विहान २ः४५ बजे प्रजापति विष्टमाथि गोली प्रहार भएको हो ।

स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेका हुन् ।

गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन्। गोली हान्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार अत्तरियास्थित घोडोघाडी सुन चाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनुवारमाथि गोली प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077