Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउने

    पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउने

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 897
    SHARES

    काठमाडौं । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशमशेर जबराले शपथ खुवाउने भएका छन् ।

    निर्वाचन आयोगमा नाम बुझाएका प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जनामध्ये ज्येष्ठ सदस्य भएका नाताले जबराले शपथ खुवाउने भएका हुन् ।



    प्रतिनिधि सभामा निर्वाचित २७५ सांसदहरुमध्ये सवैभन्दा जेठो सांसद राप्रपाका पशुपति शमशेर जबरा ठहर भएका छन् ।



    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उनैले अन्य सांसदहरुलाई शपथ गराउने भएका छन् ।

    यसअघि महेन्द्र यादव, चित्रबहादुर केसी वा पशुपतिशमशेर जवरामध्ये को ज्येष्ठ सदस्य भन्ने विवाद थियो । यो विवाद भएपछि संसद सचिवालयले निर्वाचन आयोगको रेकर्ड र नागरिकता भिडाएर ज्येष्ठ सदस्य निर्क्योल गरेको हो ।

    प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते हुने भएको छ। संघीय संसद् सचिवालयले ७ गते दिउँसो १ बजे २ सय ७५ जना प्रतिनिधि सांसदको शपथ गराउने तयारी भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

    ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएपछि अरू सांसदहरूलाई जबराले शपथ गराउनेछन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरूको शपथ हुन लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार