Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसदहरूको शपथअघि सर्वदलीय बैठक बस्दै

    सांसदहरूको शपथअघि सर्वदलीय बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 519
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहणभन्दा पहिले नै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ ।

    बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको हो।



    संसद्‍ सचिवालय स्रोतका अनुसार १२ राजनीतिक दलबाट १-१ जना र ५ स्वतन्त्र सांसदहरूलाई सर्वदलीय बैठकमा बोलाइएको छ ।



    उक्त बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ गर्ने छ। शपथ कसरी लिने, सांसदहरूलाई दिइने सुविधा लगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।

    उक्त बैठकमा सांसदहरूलाई सकेसम्म राष्ट्रिय पोसाकमा आउन या आफ्नो मौलिक संस्कृति झल्किने पोसाक लगाएर उपस्थित हुन आग्रह गरिने पनि बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार