Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राप्रपा महाधिवेशन:

    पार्टीको भविष्यलाई सोचेर अध्यक्षको दाबी छाडेको हुँ: पशुपतिशमशेर जबरा

    पार्टीको भविष्यलाई सोचेर अध्यक्षको दाबी छाडेको हुँ: पशुपतिशमशेर जबरा

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको बताएका छन् ।

    काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष राणाले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका लागि फिर्ता लिएको बताए ।



    ‘लामो समय हामीले पार्टीको नेतृत्व लियौँ । अहिले आएर मेरो विजय ठूलो हो या पार्टीको भन्ने सोचेँ’, राणाले भने, ‘८० वर्षको उमेरमा नेतृत्व लिँदा पार्टी फुट्यो भने त्यसले राम्रो गर्दैन । मैले पार्टीको भविष्यलाई सोचेर अध्यक्षको दाबीबाट पछि हटेको हुँ ।’



    राप्रपाको एकताका लागि यो महाधिवेशन कोशेढुङ्गा सावित हुनुपर्नेमा जोड दिएका उनले सबै नेता कार्यकर्ताप्रति पनि आह्वान गरे ।

    नेतृत्वको दाबीबाट पछि हटे पनि आफू राप्रपामै रहने कार्यकर्तालाई विश्वास दिलाएका उनले आफू नेतृत्वमा नभए पनि राप्रपा, यसका कार्यकर्ता र देश तथा जनताका लागि आफू सधैँ क्रियाशील भएर लाग्ने बताए ।

    अध्यक्षका उम्मेदवारद्वय कमल थापा र राजेन्द्र लिङ्देनलाई सहमतिमा नेतृत्व चयन गर्न उनले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार