Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महाधिवेशनदेखि पुस्तान्तरणको पक्षमा रहेकाले गगनलाई प्रस्ताव गरें : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद शेखर कोइरालाले महाधिवेशनदेखि पुस्तान्तरणको मुद्दा कायमै रहेको बताएका छन् ।

महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका कोइरालाले पुस्तान्तरण आवश्यक रहेको बताएका हुन् । संस्थापनइतर समूहको बैठकमा शेखरले १४ औं महाधिवेशनमा पनि आफूहरू परिवर्तन र रूपान्तरणका लागि लागेको बताए।

आफू ब्याक भएर थापालाई प्रस्ताव गर्दै नेता शेखर कोइरालाले १४औं महाधिवेशनदेखि उठाएको पुस्तान्तरणको मुद्दा अहिले पनि कायमै भएकाले सहयोग गर्न उपस्थित सांसदलाई आग्रह गरे ।

बसेरा होटलको बैठकमा उनले भने, ‘महाधिवेशनमा हामी पुस्तान्तरणको मुद्दासहित अघि बढेका थियौं । अहिले पनि त्यो कायमै छ । हामी एकढिक्का भएर जानुको विकल्प छैन । सम्पूर्ण साथीहरू सहयोग गर्नुस् ।’

कोइरालाले थापाको नाम प्रस्ताव गरेपछि उपसभापति धनराज गुरुङले समर्थन जनाएका थिए । संस्थापनइतर समूहले आफूहरूसँग ३२ सांसद पुगेको दाबी गरेको छ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि जोडिँदा संख्या बढ्ने नेताहरूले बताएका छन्। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।

संस्थापन समूहबाट कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार बन्दै छन्। कांग्रेस संसदीय दलको नेताका लागि भोलि मंगलबार चुनाव हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077