Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वैदेशिक राेजगारीमा शून्य लागतमा माैसमी श्रमिक पठाउँदै सरकार

    वैदेशिक राेजगारीमा शून्य लागतमा माैसमी श्रमिक पठाउँदै सरकार

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 906
    SHARES

    काठमाडाैं । सरकारले वैदेशिक राेजगारीका लागि शून्य लागतमा माैसमी श्रमिक पठाउने भएकाे छ।

    राेजगारका लागि बेलायत, क्यानडा, दक्षिण कोरियालगायतका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने भएकाे हाे।



    आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेसँगै राेगगारका लागि श्रमिक पठाउन बाटाे खुलेकाे हाे।



    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले कार्यविधि स्वीकृति भएसँगै शून्य लागतमा मौसमी श्रमिक पठाउन सहज भएकाे बताए। उनका अनुसार सरकारले अहिलेसम्म कुनै पनि मुलुकमा मौसमी श्रमिक भनेरै पठाएको छैन।

    वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी श्रमिकका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार