Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पार्टीको अनुशासन  र नीति अनुसार चल्न सांसदहरूलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशनअनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले पार्टीले देश र जनताको हितबाहेक अरु केही पनि नहेर्ने भएकाले पार्टीका सांसदहरूले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने बताए ।

ओलीले भने, ‘म हाम्रा सम्पूर्ण साथीहरूलाई त्यस भूमिकाका लागि अध्ययनशील हुन, योजनावद्ध ढंगले काम गर्न, दृढताका साथ, पार्टीका नीति, पार्टीको निर्णय, दलका निर्णय, दलका अनुशासन, दलका आदेश, दलका निर्देश अनुसार चल्ने दृढ अभ्यासमा कायम रहन आग्रह गर्दछु ।’

सच्चा जनप्रतिनिधिको रूपमा संसदभित्र र बाहिर पनि वैचारिक रूपमा स्पष्ट र योजनावद्ध ढंगले अघि बढ्न पार्टीका सांसदहरूलाई उनले सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077