Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्स्टाग्राममा मेस्सीको फोटोले तोड्यो अण्डाको रेकर्ड

काठमाडौं । अर्जेन्टिनाको राष्टिय टोलीका कप्तान तथा स्टार फुटबल खेलाडी लियोनल मेस्सीको विश्वकप उपाधि उचालेको फोटो इन्स्टाग्राममा सर्वाधिक मन पराइएको (लाइक गरिएको) फोटो बनेको छ ।

यसअघि यस प्ल्याटफर्ममा एक नफुटेको अण्डाको फोटो सर्वाधिक मन पराइएको फोटो थियो ।

सन् २०१९ को जनावरीमा सो समय भन्दा अघि सर्वाधिक मन पराइएको मोडल काइली जेनरको रेकर्डलाई तोड्नका लागि अभियान चालिइएपछि सो अण्डाको फोटो हालसम्म सर्वाधिक मन पराइएको फोटो थियो ।

यो रिपोर्ट तयार पारिने बेलासम्म अण्डाको फोटोमा ५ करोड ५९ लाख ६ हजार २९९ लाइक आएको छ भने मेस्सीको फोटोमा ५ करोड ६० लाख ३३ हजार ९१९ लाइक आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077