Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक, पुस २९ बाट देशभर प्रदर्शनको तयारी

काठमाडौं । पौष २९ गतेबाट देशभर रिलिजको तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलर चलचित्रका मुख्य कलाकारहरू अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्का वरीपरी घुमेको छ ।

ट्रेलरमा उनीहरुबीचको प्रेम, रोमान्स, बदला ईत्यादी समावेश छ । साथमा, सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल लगायतलाई समेत ट्रेलरमा प्रस्तुत गरिएको छ ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसँगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायत कलाकारको अभिनय छ ।

चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गरेका छन् ।

https://youtu.be/x4hFdKiI7jQ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077