Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।

जसकारण बुधबार बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका केही भू-भागमा भने हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-गमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । बुधबार राति भने देशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ ।

साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ। यस्तै काठमाडौंमा आज बिहानको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077