Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बाइडेनसँग भेटवार्ताका लागि युक्रेनका राष्ट्रपति जेलेन्स्की अमेरिकामा

    बाइडेनसँग भेटवार्ताका लागि युक्रेनका राष्ट्रपति जेलेन्स्की अमेरिकामा

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 591
    SHARES

    वासिङ्टन । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की अमेरिकी समकक्षी जो बाइडेनसँग भेटवार्ताका लागि बुधबार अमेरिका पुगेका छन् ।

    उनले अमेरिकी कंग्रेस (संसद्)लाई सम्बोधन गर्ने भएका छन् । सम्बाेधनका क्रममा उनले युक्रेन युद्ध र आगामी योजनाबारे अमेरिकी सांसदहरूलाई जानकारी गराउने कार्यतालिका रहेकाे वासिङ्टन स्रोतले जनाएको छ।



    जेलेन्स्कीले बुधबार ट्विटरमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका छन्, ‘युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदैछु।’



    ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले जारी गरेको विज्ञप्तिमा पनि भ्रमणबारे उल्लेख गर्दै भनिएको छ, ‘यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ।’

    गत फेब्रुअरीमा रुसी सेनाले युक्रेनको कीभ र देशको अधिकांश भूभाग कब्जा गर्ने योजना बनाएपछि जेलेन्स्कीको युक्रेनबाहिरको यो पहिलो भ्रमण हुनेछ।

    जेलेन्स्कीको भ्रमणमा बाइडेनले करिब दुई अर्ब अमेरिकी डलर बराबरको नयाँ हतियार प्याकेजको घोषणा गर्नेछन्, जसमा प्याट्रियट एयर डिफेन्स मिसाइल पनि समावेश छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार