Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आइजीपी सिंहको निर्देशन – तस्करी, सीमा अपराध र जघन्य अपराध नियन्त्रणमा सक्रिय हुनू

    आइजीपी सिंहको निर्देशन – तस्करी, सीमा अपराध र जघन्य अपराध नियन्त्रणमा सक्रिय हुनू

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 735
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण र जघन्य अपराध नियन्त्रणमा सक्रिय हुन निर्देशन दिएका छन् । बुधबार काज सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरूलाई महानिरीक्षक सिंहले यस्तो निर्देशन दिएका हुन् ।

    हालै सम्पन्न आम निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरेपश्चात अब प्रहरीको नियमित काममा केन्द्रित रहन प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।



    प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के–कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबल उच्च राख्न के–कस्ता काम भए यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए ।



    नागरिकबाट आउने महत्त्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने समेत महानिरीक्षक सिंहको भनाई छ । कार्यालय प्रमुख अनुसार काममा फरक आउने गरेकोतर्फ इङ्गित गर्दै उनले पूर्ण व्यावसायिकता, स्वस्थ्य प्रतिस्पर्धा, आर्थिक पारदर्शिता अवलम्बन गर्दै अब्बल कार्यसम्पादन गरी यस अवसरलाई सदुपयोग गर्न निर्देशन दिए ।

    प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधहरूको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकता अनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

    कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै उनले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गरिने बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार