Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विचौलियाको प्रभावमा आरजुदेखि गंगासम्म, प्रचण्डलाई उकासेर कांग्रेस सिध्याउने अमरेशको योजना !

    विचौलियाको प्रभावमा आरजुदेखि गंगासम्म, प्रचण्डलाई उकासेर कांग्रेस सिध्याउने अमरेशको योजना !

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 3.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद सांसद अमरेशकुमार सिंहको सल्लाहमा सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका नेताहरुलाई एकपछि अर्को गरी बदनाम गर्ने, थुनाउने काम गर्दैआएको भेद खुलेको छ ।

    प्रचण्ड प्रधानमन्त्री भएपछि अमरेशको आउजाउ बालुवाटारमा बाक्लिएको छ । केही दिनअघि त प्रचण्डले अमरेशलाई राष्ट्रपति कार्यालयमा जाँदा आफ्नै गाडीमै राखेर लगेको दृश्य देखिएको थियो । २०६४ को चुनावपछि प्रधानमन्त्री हुँदा पनि प्रचण्डको सम्बन्ध अमरेशसँग गाढा थियो, २०७९ मा पनि त्यो सम्बन्धले निरन्तरता पाएको सिंहको बालुवाटारमा बाक्लो आवतजावतले पुष्टि गरेको छ ।



    नेपाली कांग्रेसका सांसद तथा मेडिकल ब्यवसायी डा. सुनिलकुमार शर्मालाई पनि अमरेशकुमारकै सल्लाहमा प्रचण्डको निर्देशनमा सीआईबीबाट पक्राउ गरिएको बालुवाटार स्रोत बताउँछ । शर्माले १२ कक्षाको शैक्षिक प्रमाणपत्र नक्कली बनाएको भन्दै पक्राउ गरे पनि अदालतले भोलिपल्टै छाडेको छ । नक्कली प्रमाणपत्र नै रहेछ भने पनि उनले त्यसका आधारमा बिरामी परीक्षण नगरेको र प्रेस्क्रिप्सन पनि नदिएकाले कसैलाई हानीनोक्सानी पुगेको छैन ।



    निर्वाचित सांसदलाई जघन्य अपराधीलाई झैं पक्राउ गर्ने कार्य प्रधानमन्त्री प्रचण्डकै आदेशमा भएकोमा कांग्रेसले बिरोध गरेको छ । शर्मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालानिकट हुन् । शर्माले पछिल्लो पटक कांग्रेस सभापति शेरबहादुर देउवा र डा. कोइरालाबीच निकट सम्बन्ध बनाएका थिए । देउवा र कोइरालाबीचको सम्बन्धमा दरार ल्याउन पनि प्रचण्डले अमरेशकुमार सिंहको सल्लाहमा सुनिल शर्मालाई पक्राउ गरेको चर्चा कांग्रेस बृत्तमा छ ।

    सांसद शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुन तस्करीमा संलग्न भएको आरोप संसदमै लगाउँदै उनीहरुले राजीनामा नदिएसम्म अनसन बस्ने घोषणा गरेका थिए । शर्मालाई डा. महत र देउवाको सहमतिमा पक्राउ गरेको सन्देश दिने काम पनि गृहमन्त्री श्रेष्ठले दिन खोजेका थिए । देउवा र डा. कोइरालाबीचको सम्बन्धमा दरार ल्याउने खेलअन्तर्गत शर्मालाई पक्राउ गरिएकोमा त्यो प्रचण्ड र नारायणकाजीकै लागि प्रत्युत्पादक भएको छ ।

    प्रधानमन्त्री प्रचण्डले अमरेशकै सल्लाहमा भूटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँणलाई थुनेको भेद बिस्तारै खुल्दैछ । सुनिल शर्माले नै खाँणलाई थुन्नेहरुले आफूलाई फसाउन खोजेको सार्वजनिक अभिब्यक्ति दिएका छन् ।

    अमरेशले त भूटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ डा. आरजु देउवा र खाँणपत्नी मन्जु खाँणलाई समेत पक्राउ गराउन प्रचण्डलाई उकासेका थिए । त्यसका लागि भूटानी शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्मा पोखरेलसँग आरजु र मन्जुको कुरा भएको फेक अडियो समेत बनाइएको थियो । २ बर्षअघि २०७८ फागुन २८ मा भएको सर्लाही कांग्रेस जिल्ला कार्यसमिति चुनावमा आफ्नो पक्षका सभापतिका उम्मेदवार लक्ष्मण रायलाई हराउन तत्कालीन गृहमन्त्री खाँणले राज्यसत्ताको चरम दुरुपयोग गरेको भन्दै अमरेश रुष्ट थिए ।

    २०७९ मंसिरको निर्वाचनमा अमरेशले सर्लाहीबाट टिकट समेत पाएनन् । स्वतन्त्र उम्मेदवारका रुपमा उनी चुनाव लडेका थिए । खाँणकै कारण संसदको टिकट नपाएकोमा आक्रोशित अमरेश खाँणसँग प्रतिशोध लिनका लागि आतुर थिए । भूटानी शरणार्थी प्रकरणलाई उनले प्रतिशोध लिने उत्तम मौकाका रुपमा लिए । खाँण भाग्ने त थिएनन्, प्रहरीले हिरासतमा नराखी अनुसन्धान गर्न सक्थ्यो । गृहमन्त्री र कांग्रेसका प्रभावशाली नेता खाँण र आरजुलाई जेलमा हाल्दा भ्रष्टाचार बिरुद्ध सरकारको वाहीवाही हुने र सरकारबाट समर्थन फिर्ता लिन पनि शेरबहादुर देउवाले नसक्ने निष्कर्षका साथ अमरेशले उकासेपछि प्रचण्ड अगाडि बढेका थिए ।

    खाँणलाई त पक्राउ गरियो, आरजु र मन्जु पनि झन्डै पक्राउ परेका थिए । यद्यपि सरकार नै धरापमा पर्ने त्रासका कारण प्रचण्डले पक्राउ गर्ने आँट भने गर्न सकेनन् । आरजुलाई पक्राउ गर्न नसके पनि अमरेशले गर्नुसम्म बदनाम गराए । आरजुका बिरुद्ध संसदमा अमरेशले हंगामा गरी पक्राउ गर्ने वातावरण पनि बालुवाटारकै किचन क्याबिनेटभित्रकै डिजाइनमा बनाइएको थियो । उनले संसदमा आरजुका बिरुद्ध पम्फादेवी भनेर भाषण गर्नेदेखि लुगा खोलेर तमासा पनि देखाए ।

    खाँण पक्राउदेखि आरजु र मन्जुको बदनाम गर्ने र सुनिल शर्मा प्रकरणमा नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सीआईबीका प्रमुख एआईजीहरुलाई बलिको बोको बनाउने काम अमरेशकै उक्साहटमा प्रचण्डले गरेको भेद बिस्तारै खुल्दैछ ।

    प्रधानमन्त्री कार्यालयमातहतको सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागमा अमरेशले छोटो समयमा आर्जन गरेको अथाह सम्पत्तिको बारेमा दर्जन उजुरी परिसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी छन् । दुबै निकायबाट अमरेशको बारेमा छानबिन गर्न पनि प्रचण्डकै दबाबमा रोकिएको अनुमान कांग्रेसका नेताहरुले गरेका छन् ।

    प्रचण्डले आफ्नो सरकार ढाल्ने खतरा देखेमा अझै पनि कांग्रेस सभापति देउवाकी श्रीमती आरजु र छोरा जयबीरसिंहलाई थुनेमा आश्चर्य नहुने माओवादीकै नेताहरु भन्ने गर्दछन् । यस्ता कुरा घुमाउरो तरिकाले अमरेशले देउवाका भतिजा भानुलाई समेत कतिपय च्यानलबाट पुर्याइसकेको स्रोतको दाबी छ ।

    आरजु देउवामाथि सधैं धिरजप्रताप सिंह, रामचन्द्र भट्ट जस्ता अवसरवादी बिचौलियाहरुको घेरामा रमाउने र हिजो दुःखमा साथ दिएकाहरुलाई भेट्न समेत नदिने गरेको कांग्रेस कार्यकर्ताहरुको गुनासो छ । पार्टीका लागि दुःख गरेका, हिजो सहयोग गर्नेहरुले आरजुलाई भेट्न घन्टौं कुर्नुपर्ने बाध्यता छ । आरजुबिरुद्ध चौतर्फी आक्रमण हुँदा धिरजप्रताप र रामचन्द्र भट्टहरुले कतिजना सांसद र कांग्रेसका नेताहरुलाई उनको पक्षमा आवाज उठाउन लगाए ? आरजु निकट नेविसंंघका एक पदाधिकारीले बताए । ८९ सांसदमा एकजना पनि आरजुको फेक भिडियोदेखि विभिन्न अफवाह फैलिंदा उनको बचाउनमा आउन सकेनन् ?

    आरजुकै योजनामा धिरजप्रतापलाई १७ महिना जुनियर हुँदा पनि आईजीपी नियुक्ति गरियो । उनले ठेक्कापट्टादेखि सरुवा बढुवामा करोडौं कमाउन सफल भए, जुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अझै पनि उजुरीमा छानबिन भइरहेको छ ।

    सुन तस्कर तिब्बती मुलका बेल्जीयम नागरिक दावा छिरिङसँगको एसएमएस बाहिरिएपछि सिंह अनलाइनहरुलाई उजुरी हालेर चोखिन खोजिरहेका छन् ।

    आरजुले रामचन्द्र भट्टलाई सतलज कम्पनीमा मासिक ५ लाख तलव र गाडी सुबिधासहित कन्सलट्यान्ट बनाएकी छन् । आरजुबाट लिनुसम्म लाभ लिएका उनीहरुले आरजुको बचाउमा २ जना ब्यापारी समेत खडा गर्न नसकेको आरोप छ ।

    विगतमा निस्वार्थ भावले सहयोग गर्नेहरुले आरजुलाई भेट्नै नपाउने भएपछि उनीहरुले विस्तारै छाड्ने र अमरेशहरुले अझै पनि बालुवाटार प्रयोग गरी पक्राउ गर्ने योजना साकार बनाउन लागिरहेका छन् । भूटानी शरणार्थीको दोस्रो चरणको छानबिन भइरहेको होहल्ला पिटाउने काम गृहमन्त्रालयको निर्देशनमा सीआईबीले गरिरहेको छ ।

    आरजुको सूचना लिन ठेकेदारसँग मेरियटमा दिनहुँ बैठक
    नेपाली कांग्रेसको टिकटमा रसुवाबाट सांसदमा जितेका मोहन आचार्य र अमरेशकुमार सिंहबीच प्रायः हप्तामा दुई तीन पटक होटल मेरियटमा भेटघाट हुने गरेको छ । स्रोतका अनुसार त्यो भेटमा उपेन्द्र यादवको पार्टी हुँदै माओवादीमा प्रवेश गरेका पूर्व वनमन्त्री वकिल मुसलमान र राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापा पनि सहभागी हुने गरेका छन् ।

    सिद्धार्थ थापाले पूर्व संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका बिरुद्ध विकल पौडेललाई प्रयोग गरी जयवीरसिंह देउवालाई पार्टनर राखी नेपाल टेलिकममा गरेका ठेक्काको इतिबृत्तान्त अमरेशलाई दिने गरेका छन् । त्यस भेटमा मोहन आचार्य र सिद्धार्थ थापासँग कुन कुन क्षेत्रको ठेक्का कसलाई दिने भन्नेबारेमा छलफल हुने गरेको छ । मेरियटमा आचार्य र थापाबाट सबै सूचना लिने र संसदमा गएर कांग्रेस र आरजु देउवाका बिरुद्ध बोल्ने अमरेशको दैनिकी हुँदैआएको छ ।

    मोहन आचार्यले नुवाकोटको बिदुर नगरपालिकास्थित खम्पा क्याम्पमा कारागार कार्यालय भवन निर्माणको ठेक्का सेटिङमा लिन लागेकोमा बालुवाटारमा कुरा नमिलेपछि अमरेशको शरणमा पुगेका थिए । ४ अर्ब ८६ करोड रुपैयाँको ठेक्का सेटिङमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि बजेट मिलाउन नसकेपछि ठेकेदार मोहन आचार्य अमरेशकुमार सिंह मार्फत् प्रधानमन्त्री प्रचण्डकोमा पुगे । मोहन आचार्यले अमरेशमार्फत् ठेक्का सेटिङ गर्ने बिचौलियाहरुका माध्यमबाट बालुवाटार मिलाएपछि बजेट मिलाउन सफल भएका छन् । बिदुरमा कारागार भवन बनाएर काठमाडौंको सेन्टर जेल नै सारिंदैछ ।

    उक्त कारागार भवनको टेण्डर सीता गुरुङ सहरी विकास मन्त्री हुनुअघि प्रधानमन्त्री प्रचण्ड नै भएको समयमा सेटिङ भए पनि बजेटमा कुरा नमिलेकाले टुंगिन सकेको थिएन । तर मोहन आचार्यले प्रधानमन्त्रीकी स्वकीय सचिव रहेकी सुपुत्री गंगा दाहालमार्फत् सेटिङ गरेर ठेक्का हत्याएका छन् । मोहन आचार्यले कारागार भवनको टेण्डर सूचना निकालेदेखि स्पेसिफिकेसन नै रसुवा जेभीसँग मिल्ने राखी प्रतिस्पर्धालाई रोक्ने काम गरेका थिए । एक निर्माण ब्यवसायीका अनुसार उक्त ठेक्का सेटिङ नगरी स्वच्छ प्रतिस्पर्धा भएमा बढीमा ३ अर्ब ५० करोड लागतमा निर्माण गर्नेगरी ठेकेदारहरुको प्रस्ताव पर्नसक्थ्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार