Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इन्टरपोल सम्मेलन फलदायी भएको आईजीपी सिंहको दाबी, साइबर अपराध र सुरक्षामा एकतावद्ध

    इन्टरपोल सम्मेलन फलदायी भएको आईजीपी सिंहको दाबी, साइबर अपराध र सुरक्षामा एकतावद्ध

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 690
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह स्वदेश फर्किएका छन् । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा यही माघ २४ देखि २६ गतेसम्म सञ्चालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई आईजीपी सिंह आइतबार स्वदेश फर्किएका हुन् ।

    आईजीपी सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए ।



    विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी संगठन मजबुत बनाउने र इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको बताए ।



    एसियाली देशहरुबाट आतंकवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याको रुपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकतावद्ध भएर प्रभावकारी तरिकाले कसरी काम गर्ने सकिन्छ भन्ने विषयमा समेत छलफल भएको उनको भनाई छ ।

    कुनै पनि अपराधी अर्को देशमा गएर लुक्न नपाओस् भन्ने विषयमा समेत सम्मेलनमा सदस्य राष्ट्रहरुले जोड दिएको उनले जानकारी दिए । इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रुपमा मनाउने निर्णय गरिएको र नेपाल सयौं सदस्य राष्ट्र समेत भएकोले सोही अवसरमा नेपाल प्रहरीले आइजिपी रनिङ शील्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा अन्य विविध कार्यक्रम आयोजना गरिने समेत बताए ।

    हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई जना अधिकृतहरु सिंगापुर र लियोनमा कार्यरत रहेकोले यो नेपाल प्रहरीकै लागि गौरवको विषय भएको बताउँदै महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फ लगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरुलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको समेत सो अवसरमा स्मरण गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार