Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पर्साको खाद्यान्न गोदाममा प्रहरीको छापा, भन्सार छली ल्याइएको ३११ बोरा चामल बरामद

पर्सा । भारतबाट तस्करी गरी ल्याइएका ३११ बोरा अवैध चामल नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वा बजारबाट उक्त परिमाणको चामल प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको सयुक्त टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वा बजारमा रहेको बिस्मिल्लाहा मियाँ तेलीको गोदाममा छापामारी गरी राजश्व छली ल्याइएको आशंकामा भारतीय चामल बरामद गरेको हो ।

भारतबाट अवैधरुपमा ल्याएर राखिएको सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले भारतीय नागरिक फिरोज मियाँको चामल गोदाममा छापामारी गरेको थियो ।

बिस्मिल्लाहा मियाँ तेलीको गोदाम भारतीय नागरिक फिरोजले भाडामा लिई चामल भण्डारण गरी राखेको सुचनाको आधारमा पुग्दा २० किलो ग्राम सोना स्टीम चामल रहेका ३११ बोरा बरामद भएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए । उक्त चामल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077