Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेलेन्स्कीलाई बाइडेनले भने - तपाईं कहिले एक्लो हुनुहुन्नँ, अमेरिका साथमा छ

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका भ्रमणमा गएका छन् । गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण हो ।

उनले ह्वाइटहाउमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । भेटमा बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिका युक्रेनको साथमा रहेको विश्वास दिलाए ।

उनले रुससँग भइरहेको युद्धमा अमेरिका युक्रेनको साथमा उभिएको बताएका छन्। राष्ट्रपति जेलेन्स्कीलाई अमेरिका भ्रमणका क्रममा बाइडेनले भने, ‘तपाईं कहिले एक्लो हुनुहुन्नँ।’

उनले राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् र साझा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका छन्।साथै बाइडेनले युद्धबाट समस्यामा परेको युक्रेनका लागि २ अर्ब अमेरिकी डलर राहतको नयाँ प्याकेज दिने घोषणा पनि गरेका छन् ।

साथै अमेरिकाले ४५ अर्ब डलरको एक अर्को प्याकेज पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई आवश्यक थप सहयोग घोषणा गर्दै उच्च प्रविधियुक्त प्याट्रिएट रक्षा प्रणाली पनि उपलब्ध गराउने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077