Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेको सचिवालय बैठक बालकोटमा जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान ८: ३० बजेदेखि केन्द्रीय सचिवालयको बैठक सुरु भएको हो ।

बैठकमा नयाँ सत्ता समिकरण, नयाँ सरकार र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र लोकप्रिय मत ल्याएर समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई सर्वसम्मत चयन गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा राजनीतिक दलहरुले स्पष्ट बहुमत प्राप्त गरेको

नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते बेलुका ५ बजेभित्र दावी पेश गर्न आह्वान गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077