Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

केपी ओली भन्छन् - एमाले पदको बार्गेनिङमा लागेको छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा गठबन्धन असफल भएको दाबी गरेका छन्। १६५ सिटमा गठबन्धन गर्दापनि सत्तारुढ दलको बहुमत नआएको उनीहरु पराजित भएको स्पष्ट पारेका हुन्।

उनले भने,‘वैचारिक र कार्यक्षमताका हिसाबले हाम्रो पार्टी शासन चलाउन योग्य हो तर अंक गणितमा पुगेन। तर एमाले पदको बार्गेनिङमा लागेको छैन।

कसैसँग मिल्दा पद दिन्छ दिन्न भन्ने होइन। हामी देशप्रतिको जवाफदेहिता, परिस्थितिसँगको गम्भीरता बुझिरहेका छौं, सामना कसरी गर्ने भन्ने कमिटमेन्ट चाहन्छौं।’

ओलीले अहिले एमालेको ध्यान सरकारमा केन्द्रितभन्दा पनि समस्याप्रति चिन्तित र सचेत रहेको बताए । एमाले सरकारमा जान नहतारिएको उनको भनाई छ ।

ओलीले अन्य पार्टीसँग एमालेले राखेका सर्त लागू भए मात्र सहकार्य गर्ने सक्ने स्पष्ट पारे। ओलीले एमालेसँग माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धतासहित सहकार्यको प्रस्ताव गरे सहकार्य गर्न सक्ने संकेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077