Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

‘छक्कापञ्जा ४’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ४’ को पोस्टर सार्वजनिक भएको छ। अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको उक्त पोस्टरमा दीपक चित्रण छन्। साथै पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि उल्लेख गरिएको छ।

आमा सरस्वती मुभिज र आइएमईको ब्यानरमा निर्माण हुने चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), राज आचार्यलगायत कलाकारले अभिनय गरेका छन्।

हेमराज बिसीद्वारा निर्देशित चलचित्रलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन्। फिल्मको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन्। चलचित्र फागुन १९ गते देशभर प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077