Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

फिफा वरियतामा विश्वविजेता अर्जेन्टिना दुई स्थान माथि उक्लियो, नेपाल यथावत

काठमाडौं । फिफा विश्व वरियतामा नेपाल यथावत रहेको छ। नोभेम्बर महिनामा नेपाल १७५ औं स्थानमा छ। अघिल्लो महिनामा पनि नेपाल १७५ औं स्थानमै थियो।

सार्क राष्ट्रमा भारत १०६औं स्थानमा छ। माल्दिभ्स १५६औं, भुटान १८५औं, बंगलादेश १९२औं, पाकिस्तान १९५औं र श्रीलंका २०७औं स्थानमा छन्।

पाँच पटकको विश्व च्याम्पियन ब्राजिल फिफा विश्व वरियताको शीर्ष स्थानमा कायमै छ। ३६ वर्षपछि फ्रान्सलाई हराएर विश्व विजेता बनेको अर्जेन्टिना फिफाले नोभेम्बर महिनाको विश्व वरियता बिहीबार सार्वजनिक गर्दा दोस्रो स्थानमा छ।

ब्राजिलले फेब्रुअरीमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी बेल्जियमलाई पछि पारेदेखि विश्व नम्बर १ मा कायमै छ। हालै सम्पन्न विश्वकपमा ब्राजिलले तीन खेलमा जित हात पार्दा समूह चरणको अन्तिम खेलमा क्यामरूनसँग अप्रत्यासित हार व्यहोरेको थियो।

दक्षिण कोरियालाई अन्तिम १६ मा हराएको ब्राजिल क्वार्टरफाइनलमा क्रोएसियासँग पेनान्टी सुटआउटमा पराजित भएको थियो। यस्तै विश्व विजेता अर्जेन्टिनाले विश्वकपका ४ खेलमा जित निकाल्यो। साउदी अरेबियासँग हारेको अर्जेन्टिनाले दुई खेल क्वार्टर फाइनल र फाइनल पेनाल्टी सुटआउटमा जितेको थियो।

यो महिनाको वरियतामा अर्जेन्टिना र फ्रान्स दुवै एक-एक स्थान माथि उक्लिएर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन। दोस्रो स्थानमा रहेको बेल्जियम समूह चरणबाटै बाहिरिएकाले दुई स्थान तल झरेर चौथो स्थानमा पुगेको छ। यस्तै इंग्ल्याण्ड पाँचौं स्थानमा कायमै रहँदा क्वार्टरफाइनलमा पुगेको नेदरल्यान्ड्स दुई स्थान माथि उक्लदै छैठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077