Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजेन्द्र लिङदेनले लिए थप शपथ, भने- 'भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अतिरिक्त शपथ लिएका छन् ।

बिहीवार संसद् भवनमा सांसद पदको शपथ दिने क्रममा उनले थप शपथ लिएका हुन् । अन्य सांसदले सरह पद तथा गोपनीयताको शपथ लिएलगत्तै लिङ्देनले थप शपथ लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

लिङ्देनको अतिरिक्त शपथमा भनिएको छ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु ।

अघिल्लो कार्यकालझैं आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथ सहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भइयो ।

फरक अघिल्लो कार्यकालमा म एक्लै थिएँ अहिले चौध जना । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु ।’

नवनिर्वाचित सांसदहरुलाई बिहीबार ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077