Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मधेसी भाषामा शपथ लिएपछि विरोधमा सिके राउतकै निर्वाचन क्षेत्रमा पुतला दहन

सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीका अध्यक्ष डा सीके राउतविरुद्ध प्रदर्शन भएको छ ।

राउतले प्रतिनिधिसभा सदस्यका रूपमा लिएको शपथ बदर हुनुपर्ने माग गर्दै बिहीबार साँझ प्रदर्शन भएको हो ।

राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले नाराबाजी गर्दै राउतको पुतला दहन समेत गरेका हुन् ।

मैथिली साहित्य प्रतिष्ठान सप्तरीका पूर्वअध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधानविपरीत भएको बताएका छन्।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी राउतको शपथलाई संसद् सचिवालयले अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077