Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

बाँके । बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका-३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077