Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विशेष अदालतको फैसला चित्त नबुझेपछि चार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै चारवटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

आयोगले विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घुस रिसवत, सार्वजनिक सम्पत्ति हानि नोक्सानी, राजस्व चुहावट र गैरकानुनी लाभ तथा हानि गरी जम्मा चार मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।

केदार शर्मालगायत प्रतिवादी रहेको मुद्दामा विशेष अदालतले ०७९ वैशाख ८ गते गरेको फैसला, गोविन्दराज ओझालगायत प्रतिवादी रहेको मु्द्दामा विशेष अदालतले ०७९ भदौ २० गते गरेको फैसला,

डोमा शेर्पा प्रतिवादी रहेको मुद्दामा ०७९ भदौ १६ गते विशेष अदालतले गरेको फैसला, कृष्णकुमार नेपाल लगायत प्रतिवादी रहेको मुद्दामा विशेष अदालतले ०७९ साउन २३ गते गरेको फैसला चित्त नबुझेको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077