Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चिसोबाट नागरिकलाई जोगाउन विपद् व्यवस्थापन कोषको रकम खर्च गर्न निर्देशन

काठमाडौं । देशभर शीतलहर र हिमपातसँगै चिसो बढ्दै गएपछि त्यसबाट नागरिकलाई जोगाउन सरकारले विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने गरी जिल्लाहरूलाई निर्देशन दिएको छ ।

शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणले विपद व्यवस्थापन कोषको रकम खर्च गर्ने अख्तियारी दिने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको हो ।

चिसोबाट हुन सक्ने जोखिम एवं सम्भावित धनजनको क्षतिको न्यूनीकरण गर्न सरकारले यस्तो निर्णय अख्तियारी गरेको हो ।

अख्तियारी पाउने जिल्लाहरुमा ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ, मुस्ताङ, गोरखा, रुकुम पूर्व, हुम्ला, जुम्ला, मुगु, डाल्पा, कालिकोट, बझाङ, बाजुरा र दार्चुला रहेका छन् । यी जिल्लाहरुलाई चिसोबाट बच्न चार लाखका दरले खर्च गर्न पाउने भएका छन् ।

यस्तै, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी पश्चिम, रुपन्देही र कपिलबस्तुलाई १२ लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ ।

त्यस्तै, नवलपरासी पूर्व, दाङ, बाँके, बर्दिया र कञ्चनपुरलाई ८ लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ। कोषमा रकम अपुग भएमा रकम माग गरी सरकारको स्वीकृत मापदण्ड बमोजिम तोकिएको सीमाभित्र खर्च गर्न पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077