Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • बारामा गोली लागेर घाइते भएका यादवको मृत्यु

    बारामा गोली लागेर घाइते भएका यादवको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 696
    SHARES

    बारा । बारामा गोली प्रहारबाट घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

    शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट घाइते भएका बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो ।



    महागढीमाई नगरपालिका बरियारपुरस्थित भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेका थिए ।



    उनलाई एलएस न्युरो अस्पतालमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृतक घोषणा जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    प्रहरीका अनुसार यादवको कोखामा एक राउन्ड गोली लागेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार