Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सरकार गठन प्रयोजनका लागि कांग्रेस सांसदहरूले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनको लागि आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेको छ। प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर लिएको हो।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी पेश गर्न पुस ३ मा दिएको एक साताको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ।

आज बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सांसदहरूलाई बोलाएका छन्। कांग्रेसमा ८९ जना सांसद छन्।

कांग्रेसले अहिलेकै गठबन्धनमा केही दलको समर्थन जुटाएर सरकार बनाउने तयारी गरिरहेको छ। को प्रधानमन्त्री बन्ने भन्नेमा गठबन्धनभित्र समझदारी हुन सकिरहेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077