Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • केपी ओलीले भने – अब प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पुरा हुँदैन

    केपी ओलीले भने – अब प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पुरा हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 726
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री बन्ने चाहना पूरा नहुने बताएका छन् ।

    एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।



    दाहालले फेरी एक पटक प्रधानमन्त्रीका हुनका लागि अधिकतम प्रयास गरिरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।



    उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे । प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताए ।

    अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्‍याए । ओलीले एमालेलाई सिध्याउँछु भन्ने तत्त्वहरू आफैँ समाप्त भएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार