Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीमा दाबी गर्न माओवादीले गर्‍यो सांसदहरूको हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्रीमा दाबी लगायत विभिन्न काममा प्रयोग गर्नका लागि नेकपा (माओवादी केन्द्र)ले सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ ।

पुस ७ मा बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने क्रममा पेस गर्नका लागि आज बिहानसम्म हस्ताक्षर संकलन गरिएको हो ।

माओवादी केन्द्रका एक सांसदका अनुसार सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी लगायत विभिन्न काममा प्रयोग गर्नका लागि भनेर संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरिएको थियो ।

उक्त बैठकमा अनुपस्थित सांसदहरूको शनिबार बिहानसम्म हस्ताक्षर लिइसकिएको बताइएको छ । हस्ताक्षर संकलन कार्यमा संलग्न एक सांसदले सबै सांसदहरूको हस्ताक्षर लिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077