Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

म्यानमारका नागरिकले नक्कली कागजात पेस गरी नेपाली नागरिकता र राहदानी लिएको खुलासा

काठमाडौं । झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी प्रमाणपत्र लिई दुरुपयोग गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सर्लाही त्रिभुवननगर गाविस-१ ठेगाना भएका ३९ वर्षीय मोहमद नुर आलमलाई कलङ्की खसीबजारबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साबिक त्रिभुवननगर गाविस-१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको र सोही नागरिकताको आधारबाट राहदानी विभाग काठमाडौँबाट राहदानी समेत प्राप्त गरेको खुलासा भएको छ ।

उनलाई लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077