Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साढे दुई किलो युरेनियमसहित तीनजना पक्राउ

बारा । बारामा युरेनियमसहित तीनजना पक्राउ परेका छन् ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-५ बाट दुई किलो ६ सय ग्राम युरेनियमसहित सशस्त्र प्रहरी बलले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिसौलियाका रबि चौधरी, सागर चौधरी र बिहजकुमार सहनी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

युरेनियम बेच्दै हिँडेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077