Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनको कडा टिप्पणी – नयाँ सांसद, नयाँ गफाडीहरू !

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’ले नयाँ सांसदहरूप्रति कडा टिप्पणी गरेका छन् ।

गत मंसिर ४ मा जितेर संसद् छिरेका सांसदहरूलाई कवितात्मक शैलीमा मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले उनले फेसबुकमा कविता शैलीमा चार लाइन लेखेका छन्, ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश, उही पुराना व्यापारीहरू ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साझ सम्ममा प्रधानमन्त्रीका लागि सिफारिस गर्न दिएको समयसीमा सकिन केही घण्टा समय बाँकी रहँदा दलका शीर्ष नेताहरूको दौडधुप तीव्र देखिएको छ ।

यद्यपि, शनिबार साँझसम्म कुनै पनि दलले राष्ट्रपतिले आव्ह्यान गरेअनुसार दाबी गर्ने आधार बनाउन सकेको छैन । यही बेला काठमाडौं महानगरका मेयर बालेनको यस्तो टिप्पणी आएको हो । तर उनले के प्रसंगमा यस्तो लेखेका हुन् त्यो भने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077