Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'निर्णायक' छलफलमा जुट्दै सत्ता गठबन्धन, पहिले प्रधानमन्त्री देउवा की प्रचण्ड ?

काठमाडौं । नयाँ सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष सकिएपछि आज बिहान १० बजे पुनः बैठक बस्न लागेको हो ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक गठबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला सरकार बनाउने भन्ने विषयमा छलफल भए पनि निष्कर्षबिना सकिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा घर्किनै लाग्दा पनि नयाँ सरकारको नेतृत्वमा सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पटक पटक छलफल र वार्ता भए पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ । शनिबारको बैठकले गठबन्धनका तीन शीर्ष नेता आलोपालो प्रधानमन्त्री हुने सहमति गरेको थियो ।

सो सहमति अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आलोपालोमा प्रधानमन्त्री बन्ने छन् । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने विषयमा सहमति हुन सकेको छैन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमत पुर्याउने दलले आज बेलुका ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ । धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६ को २ बमोजिम राष्ट्रपतिले आह्वान गर्नुभएको हो । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सिट चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077