काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण देशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र तराईमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । यस्तै देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ। देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने सम्भावना रहेको छ ।
सडक तथा हवाई यातायात सेवामा पनि हुस्सु र कुहिरोका कारण न्यून भिजिलिटी हुँदा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।